वर्गीकरण नगरी जग्गा धितो राख्न नमिल्ने व्यवस्थाले सयौँ विद्यार्थी मर्कामा : डिला संग्रौला

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले जग्गाको वर्गीकरण नगरी धितो राख्न नमिल्ने व्यवस्था गरिएकोप्रति आपत्ति जनाएकी छन् । उनले सरकारको यो कदमले वैदेशिक अध्ययनमा जाने तयारीमा रहेका सयौँ विद्यार्थी मर्कामा परेका बताइन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद संग्रौलाले सरकारको यो निर्णयका कारण कतिपय अभिभावकले स्वीकृत गराईसकेको ऋण रकम पनि निकासा हुन नसकेको बताइन् ।

‘सरकारले जग्गाको वर्गीकरण नगरी धितो राख्न नमिल्ने व्यवस्था गरेपछि वैदेशिक अध्ययनमा जाने तयारीमा रहेका सयौँ विद्यार्थी मर्कामा परेका छन्’, उनले भनिन्, ‘सरकारको निर्णयका कारण कतिपय अभिभावकले स्वीकृत गराई सकेको ऋण रकम पनि निकासा हुन सकेको छैन ।’

स्थानीय निकायले जग्गाको वर्गीकरण कहिले सम्म गर्ने हुन् भन्ने केही टुंगो भनएको भन्दै सांसद डा. संग्रौलाले यसबारे पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *