सरकारले भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको छ । आइतबारको सार्वजनिक विदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको हो ।
आइतबारको विदा खारेजीपछि गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको हो ।
नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरुमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १०:०० देखि अपरान्ह ५:०० बजेसम्म हुने छ ।
यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म हुने छ । त्यस्तै शुक्रबारको दिन कार्यालय समय बिहान १०:०० बजेदेखि अपरान्ह ३:०० बजेसम्म हुनेछ ।







