केपी ओली र नारायणकाजी श्रेष्ठबीच के-के भयो कुराकानी ?

नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओलीलाई भेट्न नेता श्रेष्ठ आइतबार भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए । उनीहरुबीच भएको २ घण्टा बढी छलफलमा समसामयिक राजनीतिबारे कुराकानी भएको बताइएको छ ।

ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईले दुई नेताबीच आइतबार साँझ दुई घन्टा भेटवार्ता भएको जानकारी दिए । ओली र श्रेष्ठबीच परराष्ट्र नीतिबारे पनि छलफल भएको बताइएको छ ।

‘देशमा असंलग्न परराष्ट्र नीति छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने अमेरिकाको पछि लागिरहेका छन् । ओली र श्रेष्ठबीच यसै विषयमा छलफल भएको हुनुपर्छ,’ बजगाईले भने ।

स्थानीय निर्वाचनपछि वाम एकताको कुरा भइरहेको बेला उनीहरुबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *