प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गतेका लागि आव्हान गररेको १४औं वार्षिक साधारण सभा प्रयोजनक लागि मंसिसर १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको साधारण्ण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
कम्पनीले यस वर्ष आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ दशमलव ८७ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश गरेर कुल १५ दशमलव ८७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।