छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
मंसिर १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रसताव गरेको हो ।