आजको विदेशी विनिमयदर सार्वजनिक, मुद्राको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले विहीबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५४ पैसा र विक्रिदर ११९ रुपैयाँ १४ पैसा रहेको छ । आजका लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७० पैसा र विक्रिदर ११९ रुपैयाँ ३० पैसा थियो ।

राष्ट्र बैकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रिदर १३५ रुपैयाँ ७५ पैसा रहेको छ ।  राष्ट्र  बैकको अनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २९ पैसा र बिक्रिदर ८६ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ । बुधबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १३ पैसा र बिक्रिदर ८७ रुपैयाँ ५७ पैसा थियो । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९६ पैसा रहेको छ ।
­
त्यसैगरि, जापानीज ऐन दशको खरिददर १० रुपैयाँ ३२ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ । कतारी रियल एकको खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ । यता, मलेसियन रिग्रेटको एकको खरिददर २८ रुपैयाँ ३७ पैसा र बिक्रीदर २८ रुपैयाँ ५१ पैसा रहेको छ ।
युएई दिर्हराम एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *