मन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमै हातपात

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ । आफ्नै पार्टी जनता समाजवादीका सांसद रामबाबु यादवले मन्त्री श्रेष्ठमाथि हातपात गरेका हुन् ।

बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिए । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए ।

जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए । श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *