मेयर बालेन फर्किए ‘नेपहपको श्रीपेच’को कुर्सीमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) चुनावअघि एक गायन रियालिटी शोको निर्णायकको भूमिकामा थिए । उनी र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकको कुर्सीमा थिए ।

उनी महानगरको मेयर बन्ने चुनावी दौडमा रहेका बेला केही समय उनको उक्त कुर्सी खाली रह्यो। मेयर बनेसँगै बालेन नेपहपको उक्त कुर्सीमा फर्किएका छन् ।

शो का निर्देशक निकेश खड्काले बालेन अब निर्णायकका रुपमा उक्त कुर्सीमा निरन्तर रहने बताएका छन् ।

मेयर बनेसँगै व्यस्त रहेका बालेनले समय निकालेर ‘नेपहपको श्रीपेच’को जजको भूमिका निर्वाह गर्न सुटिङ सेटमा पुग्ने बताएका छन् ।

शो आयोजकले पनि बालेनको समय हेरेर सुटिङ गर्ने गरेको छ । यो शो मा बालेनका साथमा मानस घले र गिरीश खतिवडा जजको कुर्सीमा छन्। शो को ग्रान्ड फिनाले असार २४ मा हुने छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *