विदेशबाट फर्केकालाई सहुलियत ऋण दिन १३ अर्ब ५९ करोड विनियोजन

सरकारले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई सहुलियत ऋण दिने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । यो कार्यक्रमका लागि १३ अर्ब ५९ करोड बजेट छुट्याइएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

सरकारले विदेशमा सिकेको सीपलाई स्वदेशमा लगानी गरी युवाहरुलाई देशमै आकर्षित गर्न यो कार्यक्रम अघि सारेको हो । तर यो कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *