बेलायतका लागि रुसी राजदूतले आफ्नो देशले युक्रेन विरुद्धको युद्धमा रणनीतिक आणविक हतियार प्रयोग गर्नेमा विश्वास नगर्ने बताएका छन् । राजदूत आन्द्रेई केलिनले रुसी सैन्य नियम अनुसार यस्ता हतियारहरु द्वन्द्वमा प्रयोग नहुने बताए ।
राज्यको अस्तित्व खतरामा आए मात्र त्यस्ता हतियार प्रयोग गर्न सकिने उलने बताए । ‘यसको हालको कारबाहीसँग कुनै सरोकार छैन’, उनले आइतबार बिहान भने ।
भ्लादिमिर पुटिनले आक्रमण लगत्तै फेब्रुवरीको अन्तमा आफ्ना आणविक सेनाहरूलाई उच्च सतर्कतामा रहन आदेश दिएका थिए । पुटिनले यसको दोष नेटो र पश्चिमा देशहरुको आक्रमक व्यवहारलाई दिएका थिए ।
तर, बेलायतका रक्षामन्त्री बेन वालेसले यसलाई युक्रेनमा भइरहेको गलत क्रियाकलापबाट मानिसहरुलाई अन्यत्र ध्यान मोड्ने प्रयास बताएका थिए । यसैबीच रुसी सेनाले पूर्वी युक्रेनमा आफ्नो हमला केन्द्रित गरेको छ । एजेन्सी






