मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिमा दबाब बढे कडाई

नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ। तेस्रो त्रैमासिक समीक्षामा केन्द्रीय बैंकले अर्धवार्षिक समीक्षामा लिइएका नीतिहरुलाई नै निरन्तरता दिएको छ।

केन्द्रीय बैंकले मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको जनाएको छ। तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने केन्द्रीय बैंकले जनाएको छ।

यसैगरी केन्द्रीय बैंकले पुनरकर्जाको सिमालाई भने घटाउने संकेत गरेको छ। केन्द्रिय बैंकले कोभिड संक्रमणका कारण प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि प्रदान गर्दै आएको पुनरकर्जा सुविधालाई पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लैजाने भएको हो।

आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनौटपूर्ण उपकरणहरु प्रयोग गरिने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *