“क्रान्ति ’क’बाट होइन ’ज्ञ’बाट सुरु हुन्छ र त्यो ’ज्ञ’ ज्ञान हो !” सामाजिक सञ्जालको भाषा प्रयोग गरेर भन्ने हो भने प्रस्तुत नारा भाइरल भयो । मतगणनाका १३ दिन झण्डा बोकेर सभागृह अगाडि झरी नभनी घाम नभनी मत सुन्न समर्थक बसे । चुनावको दिनभन्दा अगाडि तिनै समर्थक महानगर बदल्ने मान्छे यही हो भन्दै चिनाउँदै हिँडे । यी त भए समर्थकका कुरा ।
बालेनले भलै पाँच वर्ष अगाडि आउने चुनावमा उम्मेदवार हुने घोषणा गरेका थिए । त्यसपछि उनी कता हराए थाहा भएन । पेशाले सङ्गीत र इन्जिनिर भएकाले उनी कतै हराए होलान् भन्ने पङ्तmीकारलाई लागेको हो । तर त्यसो होइन । उनी आफ्नो एजेण्डामा तल्लीन थिए । उनले एक महिनाको तयारीमा जित हाँसिल गरेका होइनन् ।
बालेनसँगसँगै को हिँडे ? कति हिँडे भन्ने कुराले खासै अर्थ राख्दैन । अर्थ त कहिलेबाट हिँडे भन्ने कुराले राख्छ । बालेनसँगसँगै देखिने एक पात्र हुन् कुमार बेन ।
कुमार बेन झट्ट नाम भन्दा नचिनेको नाम हो । तर कामले चर्चित नाम हो । नेपालमा ट्रोल भित्राउने बेन नै हुन । यदि भए पछि अरु परिचय खासै दिन आवश्यक रहेन ।
त्यसो त गफ गर्नमा माहिर कुमार, दिएको कामलाई फत्ते गरेरमात्र छोड्छन् । यही उनको बानी हो । खेलकुदमा क्रेजी बेन प्राय खेलको प्रेडिक्सनमा माहिर व्यक्ति हुन् । त्यसो सिने जगतसँग नजिक रहेका बेन, बजारमा चलचित्र आएपछि के कति व्यापार हुन्छ भन्ने कुरामा सुरुमै प्रष्ट हुन्छन् । त्यसगरी नेपाली खेल किन अन्तराष्ट्रिय हुन सकिरहेको छैन ? भन्ने कुराको ज्ञानमा उनी अब्बल रहेका छन् ।
बालेनसँग उनी कसरी जोडिए भन्ने कुरा रहस्य छ तर उनले बालेनलाई गरेको सहयोग अतुलनीय रहेको छ । सिने जगतका कलाकारलाई बालेनसँग जोड्नमा कमार बेनको हात उत्तिकै रहेको छ ।
त्यसो त उनी कुमार बेन ललितपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार नरसिंह ब्यञ्जनकारका कान्छा छोरा हुन् । १० औं पटकसम्म अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार बनेर जितेका ब्यञ्जनकार यो पटक भने आफ्नै भतिजसँग पराजित भएका छन् । यसरी भन्दा कुमार बेनको रगतमा नै राजनिती छ । बालेनले नरसिंह ब्यञ्जनकारलाई आफ्नो राजनीति गुरु मान्दै आएका छन् ।
कुमार बेनलाई सम्झँदै सन्तोष कुमार थापा भन्छन्, “ कुमार बेन युवाहरुलाई एकढिक्का बनाउन माहिर छन् । नेपालमा ट्रोल गर्न सिकाउने ब्यक्तिका रुपमा परिचित उनले अहिले चर्चामा रहेका सामाजिक सञ्जालका समुहहरुलाई प्रभावकारी तरिकाले कसरी चलाउने भन्नेबारे पनि सल्लाह सुझाव दिन्छन् ।
रुटिन अफ नेपाल बन्द, एमआरआर लगायतका सामाजिक सञ्जाल पेज र समुहहरुबाट एकढिक्का भएका युवाहरुलाई प्रभावकारी बनाउने भन्नेमा उनको सबैभन्दा ठुलो हात छ । बालेन जिताउन यी सामाजिक सञ्जालका पेज र समुहको मेहनत धेरै छ ।
अहिले बालेनले जित्नुमा युवाको हात छ । जसको दिमागमा बालेन भर्ने काम कुमार बेनले गरेका हुन् । बिदेशमा भएका युवाहरुले घरमा फोन गरेर लौरोमा भोट नहाले घरै आउँदिन भन्ने वातावरण उनैले निर्माण गरेका हुन् भन्दा फरक नपर्ला ।”
बोल्न खासै जान्दैनन् उनि । सुरुमा जे बोल्छन् बीचमा जति भड्किएपनि उनको अन्त्य पहिलो कुरामै गएर हुन्छ । जे कुरामा लाग्यो, उनि त्यसलाई टुङ्गोमा पुर्याएरै छाड्छन् ।
संगत गरेको यत्तिका बर्षमा कुमार बेन पैसाको पछि लागेको थाहा छैन। पुख्र्यौली जग्गाजमिनले खान लाउन समस्या नपर्ने भएकाले पनि उनि यता नलागेका हुनसक्छन् । तरपनि उनि चुप भने बसेका छैनन् । आफ्नै कामहरु प्रसस्त छन् उनको ।
समग्रमा भन्दा उनि पर्दा पछाडीका हिरो हुन् । किङ्ग मेकर हुन् । पर्दा अगाडी आउन खासै रुचाउँदैनन् । अहिले बालेनले काठमाडौंमा मेयर पद जितेका छन् । यसमा बालेन मात्रै हैन, कुमार बेन पनि बिजयी भएका हुन् ।”
अन्त्यमा बालेन काठमाडौँ महानगरका मेयर बनेका छन् । मेयर हुनुमा कुमार बेनको लगनशीलता बढी छ । त्यो भन्दा बढी मतदाताको विश्वास, समर्थकको साथ रहेको स्पष्ट रहेको छ ।







