सामाजिक सञ्जालमार्फत् युवतीको चरित्रहत्या गर्ने एक प्रहरी जवान पक्राउ परेका छन् ।
युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गरी सामाजिक सञ्जालमा अन्तरंग तस्वीरहरु पोष्ट गरेर चरित्रहत्या गरेको आरोपमा रौतहटको दुर्गा भवानीपुर गाउँपालिका (४) का कृष्ण कुमार यादव पक्राउ परेका हुन् ।
प्रहरी चौकी बटेश्वर धनुषामा कार्यरत यादवलाई बुधबार पक्राउ परेका हुन्। उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट बिहीबार ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ।







