नेकपा एमाले अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता खड्गप्रसाद शर्मा ओलीले आफ्नो नाममा व्यक्तिगत सम्पत्ति नभएको बताएका छन् । आज संसदमा बोल्दै उनले उक्त कुरा बताए ।
आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अघिल्लो आफ्नो नेतृत्वको सरकारको कुनै गल्ति र कमजोरी फेला नपारेपछि विरोधीले अनेक किस्सा जोडेर प्रचार गरेको आरोप लगाए। ‘कहिँ कतै गल्ति नभेटेर बालुवाटार काण्ड जबर्जस्ती उठाइयो । केपीसँग अर्बौं रुपैयाँ भएको हल्ला पिटाउँदै एक टेलिभिजनमा चर्चा गरियो,’ भन्दै उहाले खण्डन पनि गरे ।
खण्डन गर्ने क्रममा ओलीले भन्नुभयो, ‘यदि मेरो सम्पत्ति रहेछ भने आजै र अहिले नै सरकारको नाममा गरिदिए हुन्छ । मेरा सारा सम्पत्ति राज्यको नाममा छ ।’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही सिटमा एमाले पछि परेपनि पपुलर भोटमा अरु सवै पार्टीभन्दा अघि रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै ओलीले एमाले सकियो, ध्वस्त भयो भनेर प्रचारबाजी गरेपनि एमाले अहिले पनि पपुलर भोटमा एक नम्बर पार्टी रहेको बताए ।
‘हुन त नेपाली काँग्रेसका नेताहरुले भाषण नै गरेको सुनियो, सबैले कान खोलेर सुने हुन्छ –नेपाली काँग्रेस भनेको सुकुम्वासी र गरिबको पार्टी होइन यहाँ गरिब र सुकुम्वासीका पक्षधर कोही भोटर छन् भने सुने हुन्छ काँग्रेसलाई भोट नदिए हुन्छ’, ओलीले काँग्रेस नेताको भनाइ उदृत गर्दै भने, ‘डरले त्रासले यसपल्ट पनि केही भोट दिएकै देखियो । तर उधुमै चर्चा चल्यो नेकपा एमाले ध्वस्त भयो, समाप्त भयो भनेर ।’
उनले बजारमा यस्तो माहोल खडा गरिएको भन्दै भने, ‘म अहिले पनि भन्न चाहान्छु केही सिटले एमाले पछि परेको छ, लोकप्रिय भोटमा एमाले सबै पार्टीभन्दा अगाडि छ र एक नम्बर पार्टी छ ।’
आगामी आर्थिक वर्ष २०७९र८० को बजेटको नीति तथा कार्यक्रम ल्याएको सरकारले विना लक्ष्य र गन्तव्यको जेरी जस्तो भएको टिप्पणी गरे ।







