काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ३ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २१ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ९ लाख १ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ लाख ८९ हजार रुपैयाँ र अन्य इक्विटीमा १ करोड ८१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ८ लाख ६६ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ६० लाख ८१ हजार रुपैयाँ र अन्य इक्विटीमा १ करोड ८१ लाख रुपैयाँ थियो।
चालु वर्षको असोजसम्म कम्पनीको जीवन बीमा कोषमा ५२ करोड ३६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा २६ करोड ७० रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ।
समीक्षा अवधिसम्म कम्पनीले १६ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले ११ करोड ३६ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ।
कम्पनीले चालु वर्षको असोजसम्म १४ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ९ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन बढेको छ।





