मेटलाइफको नाफा ४६ प्रतिशतले घट्यो, जीवन बीमा कोष ३४ अर्बमाथि

काठमाडौं । अमेरिकी जीवन बीमा कम्पनी मेटलाइफको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफा ४६.०९ प्रतिशतले घटेको छ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ६५ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ६३ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ३२ करोड २४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ६४ करोड ९९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ५९ करोड १८ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ३२ करोड ५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा ३४ अर्ब ३९ करोड ४० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ३० अर्ब ६१ करोड ४४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार १२.३५प्रतिशतले बढेको छ।

चालु वर्षको असोजसम्म कम्पनीले १ अर्ब ८६ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.१९ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ७८ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ५९ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.९६ प्रतिशतले बढेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *