एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँ र चाँदी तोलामा २६५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ कारोबार भएको थियो।

त्यस्तै,चाँदीको मूल्य प्रतितोला तीन हजार ९२० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला तीन हजार ६५५ रुपैयाँ किनबेच भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *