नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ र चाँदी तोलामा ११५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८८ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा निरन्तर घटिरहेकाे सुनचाँदीको मूल्य यस दिन भने बढेकाे हाे।
त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार चाँदी प्रतितोला चाँदी प्रतितोला चार हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।






