नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै हिमालयन बैंकलाई राष्ट्र बैंकको कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै हिमालयन बैंकलाई नगद जरिवाना गरेको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कारबाहीमा पर्ने हिमालयन एकमात्र वाणिज्य बैंक बनेको छ।

राष्ट्र बैंकका अनुसार हिमालयन बैंकले गत भदौ ३ गते एक दिनका लागि कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) को न्यूनतम ९० प्रतिशत रकम राख्न सकेको थिएन।सोही कसुरमा राष्ट्र बैंकले बैंकलाई पहिलोपटक ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरेको हो।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले बैंकले अनिवार्य नगद मौज्दातसम्बन्धी नियामकीय व्यवस्था पालना नगरेपछि कारबाही गरिएको जनाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *