शेयर बजारमा झिनो अंकको वृद्धि, ७ अर्ब ४३ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ को विन्दुमा बन्द भएको छ ।

आज ३५८ कम्पनीको २ करोड १२ लाख २३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४३ करोड माथिको शेयर कारोबार भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ । आज ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै श्वेत गंगा हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५१ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले ११.४८ प्रतिशतका दरले कमाएका हुन् । श्वेत गंगाका लगानीकर्ताले ८.६५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिभिल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६.३४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *