माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ७३ करोड बिगो मागदाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सार्वजनिक जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर छुट दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो। उनीहरुविरुद्ध करिब साढे ७३ करोड रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

यो सूचीमा पूर्व भूमि सुधारमन्त्री डम्बर श्रेष्ठ, सवारी दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेको नाम समेत छ ।

यसैगरी पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, तत्कालीन उपसचिवहरु गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्षमण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौलाको नाम समेत आरोप पत्रमा छ ।

भूमि व्यवस्था विभागका डिजी राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सिताराम पोखरेल, नासु बुद्धिबहादुर कार्कीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा पेस गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *