काठमाडौं । आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० को विन्दुमा कायम भएको छ ।
आज ३४३ कम्पनीको १ करोड ९८ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १८ करोडको शेयर कारोबार भएको छ ।
आज २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २५२ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको २७ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १३.५८ प्रतिशतका दरले कमाएका छन् । मकर जितुमायाका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले कमाएका छन् । मन्दकिनी हाइड्रोका लगानीकर्ताले ५ .४७ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया बैंकका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४.८६ प्रतिशतका दरले गुमाएका हुन् ।




