महालक्ष्मी विकास बैंकका तीन शाखा आजदेखि नयाँ स्थानबाट सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका तीनवटा शाखा कार्यालय आज (कात्तिक १६ गते) देखि नयाँ स्थानबाट सञ्चालनमा आएका छन्। बैंकले दाङको लमही, रुकुमको मुसिकोट र रुपन्देहीको बुटवलस्थित अमरपथ शाखा स्थानान्तरण गरेको हो।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार आज सोमबारदेखि तीनवटै शाखाबाट नयाँ स्थानमा सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन हुनेछन्।

बैंकका अनुसार दाङको लमही नगरपालिका–५ स्थित शाखा कार्यालय साविकको स्थानबाट ५०० मिटर पश्चिमतर्फ स्थानान्तरण गरिएको छ।

त्यस्तै, रुकुमको मुसिकोट नगरपालिका–१ स्थित शाखा साविकको स्थानबाट ५५० मिटर उत्तरतर्फ सारिएको छ।

यसैगरी, रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ स्थित अमरपथ शाखा साविकको स्थानबाट ४५० मिटर उत्तरतर्फ स्थानान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकले शाखा स्थानान्तरणबारे आफ्ना सम्पूर्ण ग्राहक, सर्वसाधारण तथा सरोकारवालालाई जानकारी गराउँदै नयाँ स्थानबाट सेवा लिन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *