काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।





