सीइओ पवन खड्काले भने– ‘तपाईंको समाचारले मेरो क्रेडिबिलिटी बढाएको छ’

काठमाडौँ। आईएमइ लाईफ इन्स्योरेन्स छोडेर एसियन लाइफ इन्स्योरेन्सको सिइओ बन्दै भनी सार्वजनिक भएको समाचारमा सिईओ पवनकुमार खड्काले फरक–फरक प्रतिक्रिया दिएका छन्।  सार्वजनिक रूपमा समाचारको खण्डन गरेका उनले निजी संवादमा भने त्यसले आफ्नै विश्वसनीयता बढाएको बताएका छन्।
अर्थसंजाल डटकममा प्रकाशित समाचारका बारेमा प्रतिक्रिया जनाउँदै खड्काले  एकातर्फ समाचार हल्ला मात्र भएको दाबी गरेका छन् भने सँगसँगै   प्रकाशित समाचारले आफ्नै क्रेडिबिलिटी बढाएको समेत बताएका छन्।

समाचार  प्रकाशित हुनेबित्तिकै हतार- हतार आफ्नो धारणा सार्वजनिक गर्दै फेसबुक स्टाटस लेख्न भ्याएका उनले सो समाचार भ्रामक भन्न पनि भ्याए । तर,  खड्काले टेलीफोन सम्पर्क गरि उक्त स्टाटस एजेन्सी र मेनेजरहरुले ले व्यवसाय होल्ड गर्छ्न् त्यही भएर  लेखेको बताएका छन्।

‘अन्यथा नलिनुस्, तपाईंको समाचारले मेरै क्रेडिबिलिटी बढाएको छ,’ खड्काले भने, ‘संस्थाको व्यापार नरोकियोस् भनेर स्टाटस लेख्न बाध्य भएँ।’

संस्था छोड्ने समाचारकै कारण अभिकर्ता अर्थात् एजेन्सी र बिजनेस म्यानेजर (बीएम) हरूले व्यवसाय होल्ड गर्न सक्ने अवस्था आउन सक्ने जोखिम भएकाले आफूले तत्काल स्पष्टीकरण दिनुपरेको उनको भनाई छ।
सम्बन्धित समाचार 
https://arthasanjal.com/197776

Leave a Reply

Your email address will not be published. Required fields are marked *