मञ्जुश्री फाइनान्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मञ्जुश्री फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली बूक क्लोज गर्ने भएकाले आज शेयरमूल्य समायोजन गरेको हो।

यस कम्पनीले शेयरधनीलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। यसका लागि कात्तिक २० गते १९औं वार्षिक साधारणसभा बस्दैछ।

नेप्सेले आजको कारोबारको अन्तिम मूल्यलाई आधार मानेर शेयरमूल्य समायोजन गरेको हो। यसदिन कम्पनीको शेयर प्रतिकित्ता ७५९.५० रुपैयाँमा भएको थियो। समायोजन भएसँगै अब कम्पनीको शेयर प्रतिकित्ता ७२३.३३ रुपैयाँ कायम भएको छ। अब यही समायोजित मूल्यबाट कम्पनीको शेयर कारोबारमा आउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *