विराटनगर। विभिन्न आर्थिक तथा पदीय अनियमितता र स्वार्थको द्वन्द्वसम्बन्धी गम्भीर आरोप खेपिरहेका कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार अध्यक्ष गुरागाईंले मंगलबार प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष लिखित राजीनामा पेस गरेका थिए। प्रदेश प्रमुख खापुङले उनको राजीनामा स्वीकृत गरिसकेका छन्।
प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (९) को खण्ड (क) मा भएको व्यवस्था बमोजिम प्रदेश प्रमुख खापुङ्गले उक्त राजीनामा आगामी २०८३ कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेका हुन्।
उनी २०८१ असार २३ गते नियुक्त भएका थिए । नेपाल सरकारका पूर्वसचिवसमेत रहेका उनको पदावधि ६ वर्षको थियो।





