काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन्।
मंगलबार काठमाडौँमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्।
ओलीले पार्वतीले श्राप दिएपछि देवताहरूको जन्म हुन बन्द भएको प्रसङ्ग सुनाउँदै अहिले नक्कली भगवान् जन्मिने गरेको बताए।
‘२२–२३ सय वर्षअघि भगवानहरू छ्यासछ्यासती जन्मिँदा तेत्तिसकोटी जन्मिए । धन्न पार्वतीले श्राप दिइछन् र देवता जन्मिन पाएनन्’, ओलीले भने, ‘अब कुनै देवताको पनि सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू, तर पार्वतीले श्राप दिएपछि फेरि नक्कली भगवान् जन्मिएर हैरान छ ।’
उनले हामीहरूलाई दक्षिणतिरका जोगीहरू आए ठ्याप्पै खुट्टा समातेर ढागीहाल्न मन लाग्ने चलन रहेको बताए ।
‘हामी आफैँले पनि दक्षिणतिरका जोगी आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने चलन छ’, ओलीले भने, ‘आफ्नाकहाँ विद्वान् त्यति चिन्दैनौँ ।’





