दसैं सकिएसँगै सस्तियो कुखुरा मासु, यस्तो छ नयाँ मूल्य

काठमाडौं । दसैं सकिएसँगै काठमाडौंमा कुखुराको मासुको मूल्य घटेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आजदेखि लागू हुने गरी जिउँदो कुखुरा र तयारी मासुको मूल्य घटाएको हो।

संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले घटेर २८० रुपैयाँ कायम भएको छ। यसअघि जिउँदो कुखुरा प्रतिकिलो २९० रुपैयाँमा बिक्री हुँदै आएको थियो।

त्यसैगरी, तयारी कुखुराको मासुको मूल्य प्रतिकिलो १५ रुपैयाँले घटाइएको छ। यसअघि ४०० रुपैयाँ रहेको तयारी मासुको मूल्य अब प्रतिकिलो ३८५ रुपैयाँ कायम गरिएको संघले जनाएको छ।

मूल्य घट्नुको मुख्य कारण बजारमा मासु खपतमा आएको कमीलाई मानिएको छ । संघका अनुसार दसैंको समयमा कुखुराको तुलनामा खसीबोकाको मासु बढी प्रयोग हुने गर्छ ।

यसका साथै चाडपर्व मनाउन काठमाडौं उपत्यका बाहिर गएका अधिकांश मानिस अझै फर्किसकेका छैनन् । उपत्यकामा मानिसहरूको उपस्थिति कम हुँदा समग्रमा मासुको माग र खपत घटेकाले मूल्य समायोजन (घटाउनु) परेको संघको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *