काठमाडौं । नबिल बैंकले पछिल्लो १० वर्षमा आफ्ना शेयरधनीलाई कुल २६८.५६ प्रतिशत लाभांश वितरण गरेको छ। बैंकले यस अवधिमा १४४.६ प्रतिशत बोनस शेयर र १२३.९६ प्रतिशत नगद लाभांश प्रदान गरेको हो।
वार्षिक औसतलाई हेर्दा बैंकले आफ्ना शेयरधनीहरुलाई प्रतिवर्ष औसत २६.८६ प्रतिशतका दरले (१४.४६ प्रतिशत बोनस र १२.४० प्रतिशत नगद) निरन्तर प्रतिफल दिँदै आएको देखिन्छ।
नबिल बैंकले आफ्नो वित्तीय अनुशासन, मजबुत व्यवस्थापन र पारदर्शितालाई पुनः प्रमाणित गर्दै नयाँ आर्थिक वर्ष सुरु भएको केही महिनाभित्रै अर्थात् असोज २२ गते नै आफ्नो आर्थिक वर्ष २०८२।८३ को वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ।






