चाडपर्वमा डिजिटल वालेटमा दिनको ५० पटकसम्म रकम जम्मा गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ।

केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै चाडपर्वका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो। अब दसैँ, तिहार र छठका बेला प्राकृतिक व्यक्तिको हकमा एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ।

यो सुविधा असोज ३१ गतेदेखि कात्तिक ८ गतेससम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लिन सकिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *