काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साढे ५ महिनापछि हिमपर्वत हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासन अनुमति दिएको छ ।
सेबोनको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिने निर्णय गरेको हो । गत वैशाख पहिलो साता तत्कालीन बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ बाहिरिएसँगै नयाँ आईपीओ जारी गर्ने अनुमति पनि रोकिएको थियो ।
सरकारले गत असार पहिलो साता बोर्ड अध्यक्षमा गोपाल भट्टलाई नियुक्त गरेको थियो । भट्ट नियुक्त भएको साढे चार महिनापछि आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हिमपर्वत बनेको हो । सेबोनले हिमपर्वतलाई ५९ लाख १५ हजार कित्ता आईपीओ जारी गर्न अनुमति दिएको छ ।
प्रतिकित्ता सेयरको अंकित मूल्य १ सय रुपैयाँ छ । कम्पनीले मंसिर २०८१ मै आईपीओ निष्कासन अनुमतिका लागि निवेदन दिएको थियो ।




