परराष्ट्रमन्त्री खनाल र पाकिस्तानी राजदूत खानबीच भेटघाट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । बिहीबार परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत खानलाई बधाई दिँदै उनको सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

सो अवसरमा दुवै पक्षले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्ने विषयमा छलफल गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *