नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्। गत जेठ ७ गते सम्पन्न बैंकको विशेष साधारण सभाबाट नबिल र नेपाल बंगलादेश (एनबी) बैंक मर्जर हुने पक्का भएपछि ढुंगानालाई बैंकको सीईओमा नियुक्त गरेको हो।

अनिल केशरी शाहको कार्यकाल आगामी असार १७ गते सकिदै छ। उनको कार्यकाल सकिएपछि रिक्त पदका लागि बैंकले सीईओको जिम्मेवारी ढुंगानालाई दिएको हो । ढुंगानाले आउँदो जुलाई १ अर्थात् असार १७ बाट नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा पदबहाली गर्नेछन् ।

अनिल केशरी शाह ७ असार २०७५ मा ४ वर्षका लागि नबिल बैंकको प्रमुख कार्यकारीको रूपमा नियुक्त भएका थिए।

को हुन् त ढुंगाना ?

नेपाल राष्ट्र बैंकको निर्देशक रहेका ढुंगानाले त्यहाबाट राजीनामा दिएपछि निजी क्षेत्रका बैंकहरुबाट नयाँ यात्रा सुरु गरे। यसै क्रममा उनी
नेपाल क्रेडिट एण्ड कमर्स बैंकको महाप्रबन्धकमा नियुक्त भए । उक्त बैंकमा एक वर्ष ‘सेकेन्ड म्यान’ को जिम्मेवारी सम्हालेपछि नेपाल ढुंगाना बंगलादेश (एनबी) बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बने । नेपाल बंगलादेश (एनबी) बैंकमा एक दशकसम्म व्यवस्थापकीय नेतृत्व गरेका उनले गत पुस अन्तिम साता मात्रै नेपाल बैंकको सीईओबाट अवकाश लिएका थिए ।

एनबी बैंक र एनसीसी बैंकको वित्तीय अवस्था सुधारमा निकै महत्वपूर्ण भूमिका खेलेका ज्ञानेन्द्र ढुंगाना नेपालका अनुभवी बैंकरमध्ये एक हुन् ।

यो पनि

नबिल बैंककको सिइओमा ज्ञानेन्द प्रसाद ढुंगानाको इन्ट्री

एनबी बैंक : पाण्डेले मिलाउन नसकेको विवाद पूर्व सीईओ ढुंगानाको हातमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *