स्वाभिमान लघुवित्तले सेयरधनीलाई लाभांश नबाड्ने

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । संस्थाको असोज २८ गते बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो ।

संस्थाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई दिएको जानकारीअनुसार २०८३ असार मसान्तसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गरी आर्थिक वर्ष २०८२/८३ का लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिएको हो ।

बैठकले उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पनि स्वीकृत गरेको छ । स्वीकृत वित्तीय विवरण साधारणसभामा पेस गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पठाउने निर्णयसमेत भएको संस्थाले जनाएको छ ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि वित्तीय विवरण प्रकाशन गरिनेछ । त्यसपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त विवरणले अन्तिम रूप पाउनेछ । लाभांश नदिने निर्णयसँगै यस वर्ष स्वाभिमान लघुवित्तका सेयरधनीले नगद वा बोनस सेयर प्राप्त गर्ने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *