काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँलले पाएका छन् ।
कम्पनीको गत असोज १३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले असोज २६ गतेदेखि लागु हुनेगरी उनलाई कायम मुकायम सिईओको जिम्मेवारी दिएको हो ।
सञ्चालक समिति बैठकले कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको हो ।





