काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य प्रतितोला ८ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९५ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ४०५ रुपैयाँ रहेकोमा आज ४ हजार ४४० रुपैयाँ कायम भएको छ ।




