कुथेली बुखरी स्मल हाइड्रोपावरले घोषणा गर्यो लाभांश

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

विद्युत नियमन आयोगको स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *