सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *