एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा ‘बाइ वान गेट वान’ अफरसहित २५ प्रतिशतसम्म छुट

काठमाडौँ।  एनसेलका ग्राहकहरूले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा ‘बाइ वान गेट वान’ अफरसहित विशेष छुट पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकका लागि विभिन्न योजना सार्वजनिक गरिएको हो।

साझेदारीअनुसार रु. ४९९ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन्। यसअन्तर्गत दुई जनाले एक जनाको मूल्यमा सेवा लिन सक्नेछन्।

त्यस्तै, एक्लै सेवा लिने नेपाली ग्राहकले स्पा सेवामा २५ प्रतिशत र सौन्दर्य सेवामा २० प्रतिशत छुट पाउनेछन्। रु. ९९ देखि रु. ४९९ भन्दा कम मूल्यका प्याक वा प्लान प्रयोग गर्ने ग्राहकका लागि पनि विशेष छुटको व्यवस्था गरिएको छ।

युवा तथा अन्य ग्राहकले स्पा सेवामा एकमुस्ट २० प्रतिशत छुट पाउनेछन् भने पर्यटकले १० प्रतिशत छुट पाउनेछन्।

यो साझेदारी सम्झौता हालै मात्र एक कार्यक्रमबीच एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले आदानप्रदान गरेका थिए।

अफरको लाभ लिन ग्राहकहरूले एनसेल एप खोली पार्टनर्ड सर्भिसहरूमा गई ट्रान्क्विलिटी स्पा चयन गरी आधिकारिक आउटलेटमा रिडिम गर्न सक्नेछन्।
एपमा देखाइने लाभ ग्राहकले खरिद गरेको प्याक वा प्लानमा आधारित हुनेछ। योग्य नभएका ग्राहकहरूले योग्य प्याक वा योजना खरिद गरी लाभ उठाउन सक्नेछन्।

साझेदारीबारे टिप्पणी गर्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, “हाम्रो ध्यान कनेक्टिभिटीमा मात्र सीमित नभई ग्राहकहरूका लागि अर्थपूर्ण मूल्य सिर्जना गर्नमा केन्द्रित छ। वेलनेस अनुभवहरूलाई एनसेलको इकोसिस्टममा ल्याएर लाभहरूलाई थप सान्दर्भिक र पहुँचयोग्य बनाउने लक्ष्य हामीले राखेका छौँ।

यो साझेदारीले ग्राहक संलग्नता बढाउने र एनसेललाई ग्राहकहरूको जीवनको अभिन्न अङ्ग बनाउने हाम्रो प्रतिबद्धता प्रतिबिम्बित गर्दछ।” यो सहकार्य एनसेलको बढ्दो पार्टनर इकोसिस्टममार्फत ग्राहकहरूलाई थप मूल्य र लाभ प्रदान गर्ने निरन्तर प्रयासको हिस्सा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *