काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १३.३७५ प्रतिशत लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले हाल कायम चुक्तापुँजीको १३.३७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांशमा १२.७०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश रहेको छ।
बैठकले प्रस्तावित लाभांश स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेस गर्ने निर्णय पनि गरेको छ। आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।




