बुटवल । रुपन्देहीको देवदहमा पेस्तोल देखाउने क्रममा गोली चल्दा एक युवा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह–७ का दीपक खरेलको घरमा आएका २२ वर्षीय रायन खत्री क्षेत्रीलाई पेस्तोल देखाउने क्रममा गोली चलेको हो। खरेलले समातेको पेस्तोलबाट गोली चल्दा खत्री घाइते भएका हुन्।
देवदह मेडिकल कलेजमा उपचार गराइरहेका खत्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए ।
घटनापछि खरेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।




