कुमारी बैंकको १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

बैंकको संस्थापक शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंककै विद्यमान संस्थापक शेयरधनीलाई दिइएको थियो। सो अवधिमा उक्त शेयर बिक्री नभएपछि बैंकले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *