नेप्सेमा सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिद्धार्थ बैंक लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले बोनस शेयरपछिको समायोजित मूल्य निर्धारण गरेको हो।

सिद्धार्थ बैंकको १० प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ४१८ रुपैयाँ ९ पैसा कायम भएको छ।नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ४५९ रुपैयाँ ९० पैसाका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *