सभापतिकै हैसियतमा अपिल जारी गरेर देउवाले समानान्तर अधिवेशनमा सहभागी हुन गरे आग्रह

काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर दुई पक्षले छुट्टाछुट्टै प्रक्रिया अघि बढाइरहेका बेला पूर्वसभापति शेरबहादुर देउवाले सभापतिकै हैसियतमा अपिल जारी गर्दै आफ्नो पक्षबाट सुरु भएको समानान्तर अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई आह्वान गरेका छन्।

देउवा पक्षले बिहीबारदेखि देशभर वडा अधिवेशन सुरु गर्दै समानान्तर महाधिवेशन प्रक्रिया अघि बढाएको हो। संस्थापन पक्षले पनि आफ्नोतर्फबाट महाधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला देउवा पक्षले छुट्टै कार्यतालिकासहित अधिवेशन सुरु गरेपछि कांग्रेसको आन्तरिक विवाद थप सतहमा आएको छ।

देउवाले अपिलमार्फत देशभरका वडामा सुरु हुने अधिवेशनमा उत्साहका साथ सहभागी भई सफल बनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। उनले झन्डै आठ दशक लामो इतिहास बोकेको कांग्रेसका लागि १५औँ महाधिवेशन महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पार्टीले लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता र विधिको शासनका लागि गरेको संघर्षलाई थप मजबुत बनाउन महाधिवेशनले भूमिका खेल्ने बताएका छन्।

उनले देशभरका ६ हजार ७ सय ४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुने अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

देउवाले पार्टीभित्र देखिएका आन्तरिक मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै कांग्रेसलाई थप सुदृढ र एकढिक्का बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

देउवा पक्षले असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने उसको तयारी छ।

उता संस्थापन पक्षले भने यसअघि नै आफ्नै कार्यतालिकाअनुसार १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ। दुवै पक्षले आ–आफ्नो महाधिवेशनलाई आधिकारिक दाबी गर्दै छुट्टाछुट्टै संगठनात्मक गतिविधि अघि बढाएपछि कांग्रेसको महाधिवेशन विवाद थप जटिल बनेको छ।

यसैबीच कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला देउवा पक्षले आफ्नो महाधिवेशनको कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको छ। देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको कार्यकाललाई आधार बनाउँदै आफ्नो पक्षबाट महाधिवेशन प्रक्रिया अघि ब

Leave a Reply

Your email address will not be published. Required fields are marked *