काठमाडौं । सर्वोच्च अदालतबाट १० लाख रुपैयाँ धरौटीमा रिहा भएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले पुनः थुनामा पठाएको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा मंगलबार विशेष अदालतले अग्रवाललाई थुनामै राखेर पुर्पक्ष गर्ने आदेश दिएको हो ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले भदौ ३१ गते उच्च अदालत पाटनको थुनछेक आदेश बदर गर्दै अग्रवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सर्वोच्चले विभिन्न अभियोगमा अग्रवालको प्रत्यक्ष भूमिका नदेखिएको तथा उनको उमेर र स्वास्थ्य अवस्थालाई समेत आधार बनाएको थियो । विवादित कर्जासम्बन्धी कागजातमा अग्रवालको हस्ताक्षर नरहेको र जग्गा खरिद तथा बैना रकमसम्बन्धी निर्णयमा पनि उनको प्रत्यक्ष संलग्नता नदेखिएको सर्वोच्चको आदेशमा उल्लेख छ ।
तर, सर्वोच्चबाट धरौटीमा छुट्ने आदेश आएको केही दिनमै विशेष अदालतले भने अग्रवाललाई फेरि थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतले विवादित कर्जासम्बन्धी कागजातमा अग्रवालको हस्ताक्षर नदेखिएको, जग्गा खरिद र बैना रकमसम्बन्धी निर्णयमा उनको प्रत्यक्ष संलग्नता पुष्टि नभएको तथा उमेर र स्वास्थ्य अवस्थासमेतलाई विचार गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
यस्तो थियो सर्वोच्चको आदेश





