सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ३ हजार ८ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ कायम भएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेर ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ५ सय १० रुपैयाँ थियो।

मंगलबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ६८ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *