काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कालिका पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ।
कम्पनीको कुल ६ लाख ५३ हजार ७६४.६५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
कालिका पावरले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।




