नेष्डो समृद्ध लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ। संस्थाले कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी नियुक्त गर्न दरखास्त आह्वान गरेको हो।

संस्थाका अनुसार उक्त पदका लागि एसएलसी वा एसईई परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, बैंक तथा वित्तीय संस्थामा कम्तीमा ६ महिना काम गरेको अनुभव अनिवार्य गरिएको छ।

त्यस्तै, आवेदन दिन इच्छुक उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *