काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ को विन्दुमा कायम भएको छ ।
आज ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड माथिको शेयर कारोबार भएको छ ।आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको शेयर मूल्य घटेको छ । आज १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै हिमालयन डिरष्टलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १७ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १६ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ९.१८ प्रतिशतका दरले कमाएका छन् । सयपत्रि हाइड्रोका लगानीकर्ताले ६.७९ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले ६.४२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिटिजन्स सुपर ३० का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५.४४ प्रतिशतका दरले गुमाएका हुन् ।




